Odapalika - The Fourth Estate - चौथो अंग
४ प्रदेशमा अविरल वर्षाकाे चेतावनी 

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही बागमतीसहित ४ प्रदेशमा भारी वर्षा हुने जनाएको छ । 

हाल देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।  

महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकीमो धेरै स्थान तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने उल्लेख गरेको छ । 

त्यस्तै सोमबार राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने प्रक्षेपण महाशाखाको रहेको छ । साथै बाँकी अन्य प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । 

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्लेमा ३० दशमलव ५ मिलिमिटर मापन भएको छ । त्यसपछि पोखरामा २६ दशमलव १ मिलिमिटर, घोराहीमा २५ मिलिमिटर र काठमाडौंमा १८ दशमलव ६ मिलिमिट वर्षा भएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update