
काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला चितवन पुगेका नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकाकी प्रमख रेनु दाहालले स्वागत गरेकी छन् ।
उनले अध्यक्षका रुपमा पहिलोपटक गृहजिल्लामा स्वागत गर्न पाएको भन्दै खुसी व्यक्त गरेकी छन् । नगरप्रमुखको स्वागतपछि बोल्दै अध्यक्ष दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताए ।
उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने भन्दै प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको बताए ।
हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालको भनाइ छ ।