Odapalika - The Fourth Estate - चौथो अंग
क्व्होलासोथार गाउँपालिकाको अफरः हजार बाख्रा पाल्नू, ७ लाख अनुदान लानू

क्व्होलासोथार गाउँपालिकाको अफरः हजार बाख्रा पाल्नू, ७ लाख अनुदान लानू 

काठमाडौँ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले बाख्रा पाल्ने कृषक समूह तथा व्यक्तिलाई अनुदान दिने भएको छ । 

पालिकाले सोमबार एक सूचना जारी गर्दै इच्छुक किसानलाई १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको हो । 

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार लागत साझेदारीमा पशुपन्छी प्रवद्र्धन कार्यक्रम कार्यसञ्चालन प्रक्रिया २०७९ अनुसार आर्थिक वर्ष २०७९/०८० मा स्थापना भएका बाख्रा पकेट विकास कार्यक्रमको निरन्तरताका लागि सूचना प्रकाशन गरिएको पालिकाले जनाएको छ । 

सो कार्यक्रमका लागि १ हजार वटा बाख्रा भएका, नश्ल सुधार, गोठ सुधार निर्माण, पशु स्वास्थ्य, पशु आहारा, चरन विकास तथा यान्त्रीकीकरण, तालिम आदिमा उक्त कार्यक्रम सञ्चालन गर्न सकिनेछ । 

आवेदनसँगै १० रुपैयाँको टिकट, नेपाली नागरिकताको प्रतिलिपि, कृषि समूह सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, कार्य समितिको निर्णयको प्रतिलिपि, प्यान तथा भ्याट दर्ताको प्रतिलिपि, दर्ता नवीकरण तथा कर चुक्ताको प्रतिलिपि, तोकिएको ढाँचामा प्रस्ताव र वडा कार्यालयको सिफारिस समेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update