Odapalika - The Fourth Estate - चौथो अंग
पशुपालनलाई प्रोत्साहन गर्न इटहरीमा भैँसी प्रतियोगिता 

काठमाडौँ । भैँसीपालनलाई प्रोत्साहन गर्न इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता भएको छ । 

इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनमा सुनसरी र मोरङमा भैँसीपालन गर्दै आएका किसानबीच प्रतिस्पर्धा गरिएको हो । 

दुग्ध उत्पादक सहकारी संस्थाको ४२औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव धमलाले जानकारी दिए ।

प्रतियोगितामा सुन्दरहरैँचाका ३० किसानका ५० भैँसी प्रतियोगितामा सहभागी गरिएका थिए । 

प्रतियोगितामा इटहरी उपमहानगरपालिका–३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ । त्यसैगरी सुन्दरहरैँचा–५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको छ  । 

सुन्दरहरैँचा–५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना पुरस्कार जितेको छ । 

भैँसीको स्वास्थ्य, रूप, जिउ डाल, जात, दूधको उत्पादनलगायत गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update