Odapalika - The Fourth Estate - चौथो अंग
बागमती, मधेश र कोशीमा पानी, अन्त यस्तो छ मौसम

काठमाडौँ । आज देशका केही भू–भागमा दिउँसो पानी पर्ने  र केही भूभागमा बिहानैदेखि पानी परिरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोशी र मधेस प्रदेशमा सामान्य बदलाव छ भने बाँकी पहाडी भू–भागमा आंशिक बदलाव छ ।

कोशी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागको भनाइ छ ।

विभागका अनुसार दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति देशभर आंशिक बदली रहने जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update