Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुर सिमरा–३ का महिलालाई सिलाइ मेसिन हस्तान्तरण 

बारा । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा सिलाई कटाई सिकिरहेका महिलाहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ ।

महिलाहरुलाई सीप प्रदान गरेर आयआर्जनमा लगाउने उद्देश्यले सिलाई कटाई तालिमको आयोजना गरिएको र त्यसलाई बढवा दिन मेसिन प्रदान गरिएको वडा अध्यक्ष तारा बहादुर कार्कीले बताए । उनले वडाले सीपमुलक तालिमहरु सञ्चालन गरिरहेको र आगामी वर्षहरुमा पनि आबश्यकता अनुसार तालिम चलाइने वताए ।

३ नं वडाको कार्यालयमा  आयोजित कार्यक्रममा वडा अध्यक्ष कार्कीले सिलाई कटाइ तालिममा सहभागी २१ जना महिलालाई सिलाइ मेशिन हस्तान्तरण गरे । 

सिलाई मेसिन मार्फत आफ्नो आय बढाउन मेसिन प्राप्त गर्नेहरुलाई वडाध्यक्षले आग्रहसमेत गरे । वडाले ४ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेर २ महिनासम्म सिलाइ कटाइ तालिम वडामा संचालन गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update