Odapalika - The Fourth Estate - चौथो अंग
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन् । 

युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।

कम्बोडियाको नोम पेनमा २ दिनसम्म सन्चालन भएको युनिभर्सल वुमन २०२४ मा ५० वटा देशका प्रतिस्पर्धीहरुले क्राउनको लागि प्रतिस्पर्धा गरेका थिए । निर्णायकको लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने नेपालको प्रतिबद्धतालाई मात्र नभई एक निर्णायकको रूपमा, उनले उत्कृष्टताको पहिचान गर्न र प्रतियोगीहरूबीच एकताको भावनालाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेलेकी छिन् ।  

‘युनिभर्सल वुमन २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा मैले अत्यन्तै गौरवान्वित महसुस गरेकी छु । यस्तो प्रतिष्ठित कार्यक्रममा योगदान गर्न पाउनु र विश्वभरका महिलाहरूले देखाएको अतुलनीय प्रतिभाको साक्षी बन्न पाउनु एउटा सौभाग्यको कुरा हो । मैले यो कार्यक्रमबाट धेरै कुरा सिकेकी छु र मिस युनिभर्स नेपाल २०२४ मा मैले सिकेका सबैकुरा लागु गर्न उत्साहित छु,’ युनिभर्सल वुमनकी निर्णायक तथा ग्लोबल ग्ल्यामर भेन्चर्सकी डिरेक्टर, संगीता पुरीले भनिन् ।

उनी युनिभर्सल वुमनका जजहरुमध्ये सबैभन्दा कम उमेरकी जज पनि हुन् । ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update