Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै 

ललितपुर । ललितपुरका ४० विद्यालयका केन्द्राध्यक्षलाई एसइई अभिमुखीकरण तालिम दिएर कार्यक्षेत्र पठाइएको छ । 

चैत १५ गतेदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख निमप्रकाश सिं राठौरले जानकारी दिए ।

जिल्लाका ४० वटा केन्द्रमार्फत करिब १० हजार विद्यार्थीले एसइई परीक्षा दिँदैछन् । जस अन्तर्गत ललितपुर जिल्लाका तीन गाउँपालिकाहरू महाङकाल, कोन्जोसोम र कालीदेवी प्युटारबाट ३७५ विद्यार्थी एसइईमा सहभागी हुनेछन् । 

तीनैवटा गाउँपालिकाका विद्यालयहरूले होम सेन्टर पाएका छन् । केन्द्रध्यक्षलाई अभिमुखीकरण दिँदै परीक्षापूर्वका कार्यसम्पन्न भएकाले इमानदारिताका साथ केन्द्रमा पुगेर काम गर्न ललितपुरका  प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले निर्देशन दिए ।

ललितपुर जिल्लाले परीक्षा सम्पन्न गर्न इतिहासदेखि राम्रो काम गर्दै आएकाले यसपटक पनि उक्त कार्यलाई निरन्तरता दिन इकाई प्रमुख निमप्रकाश सिंले सुझाए ।

यस वर्षको एसइई परीक्षा चैत्र १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ललितपुर जिल्लाको टिका विद्याश्रम मावि परीक्षा केन्द्र भई नख्खु कारागारबाटै १३ जनाले परीक्षा समेत दिँदैछन् ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update