Odapalika - The Fourth Estate - चौथो अंग
कसले चोर्‍याे काठमाडौँ महानगरको सूचना पाटी ?

काठमाडौँ ।  चक्रपथ सुधार आयोजनाका विभिन्न ९ स्थानमा राखिएको सूचना पाटी चोरी भएको भन्दै काठमाडौँ महानगरपालिकाले प्रहरीमा उजुरी दिएको छ । 

काठमाडौँ महानगरपालिका भित्र पर्ने चक्रपथ सुधार आयोजना अन्तरगत कलंकीदेखि महाराजगंजसम्मको सडक क्षेत्र समयमै सम्पन्न नभएपछि महानगरले सडक निर्माणका जिम्मेवार निकाय को हो भनेर जानकारी दिनेगरी सूचना पाटी राखेको थियो । 

तर महानगरले राखेका सूचना पाटी चोरी भएको भन्दै महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कलंकीदेखि बसुन्धरा क्षेत्रमा राखिएका ९ वटा बोर्ड चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिएका हुन् । 

आयोजना समयमै सम्पन्न नभएको भन्दै महानगरमा गुनासो गरेपछि महानगरले सो चक्रपथ सुधार आयोजनाको जिम्मेवार नेपाल सरकार र संघाइ कन्ट्रक्सन कम्पनी रहेको भन्दै महानगरको जिम्मेवारी क्षेत्रभित्र नभएको प्रष्ट पार्दै सूचना जारी गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update