Odapalika - The Fourth Estate - चौथो अंग
नेवार बाहुल्य क्षेत्रकै स्थानीय सरकार मान्दैनन् ‘नेपाल सम्वत्’को निर्णय  

काठमाडौँ । नेवारी समुदाय र भाषभाषीको बाहुल्य रहेको काठमाडौँ र ललितपुर महानगरपालिकाले नै नेपाल संवतलाई प्रचलनमा ल्याउन वेवास्ता गरकेो पाइएको छ । 

संघीय सरकारले गत २७ कात्तिकमै विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा अनिवार्य नेपाल संवत् लेख्ने निर्णय गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहमा पत्राचर गरिसकेको छ । 

तर  नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा नेपाल संवत् अनिवार्य गर्ने निर्णय कार्यान्वयनमा २ ठूला महानगर नै उदासिन देखिएका छन् । 

स्थानीय सरकारहरुले गरेका पत्राचार, उनीहरुका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएको भन्दै यस्तो पत्राचार गरिएपनि काठमाडौंँ महानगरपालिकाको नगर कार्यपालिकाको कुनैपनि लेटरहेडमा नेपाल सम्वत् उल्लेख छैन ।

जवकी नेपाल भाषलाई आधिकारिक रुपमा मान्यता दिएर लेटरहेड र बोर्डमा समेत काठमाडौंँ महानगरले रञ्जना लिपिको प्रयोग गर्दैै आएको छ । 

ललितपुर महानगरपालिकाका अधिकांश शाखा र महाशाखाले लेटरहेडमा नेपाल सम्वत् प्रयोग गरेपनि प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी हुने सूचना र विज्ञप्तिमै नेपाल सम्वत् उल्लेख छैन ।

उता मध्यपुर थिमि, सुर्यविनायक, भक्तपुरनगरपालिकालगायतका स्थानीय तहले भने विक्रम संवत् उल्लखे भएका पत्राचारमा अनिवार्य नेपाल संवत् उल्लेख गर्दै आएको छ । 

संघीय सरकारकै अधिकांश मन्त्रालय र विभागले समेत नेपाल संवत् लेख्न वेवास्ता गर्दै आएका छन् । 

सरकारको निर्णय लगत्तै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपाल संवत् लेख्ने विधि र तरिका सरकारलाई सिफारिस गरिसकेको छ । 

समितिका अनुसार विक्रम संवत् उल्लेख हुने कागजातमा नेपाल संवत् लेख्दा ९ वटा तरिका अपनाउनुपर्ने छ । उसले हरेक दिन यो सम्वत कसरी लेख्ने भनेर समेत सुझाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update