Odapalika - The Fourth Estate - चौथो अंग
१०० वर्ष अघिदेखि हराएका सम्पदा खोज्दै काठमाडौंँ महानगरपालिका 

काठमाडौँ । काठमाडौँ महानगरपालिका १०० वर्ष अघिदेखि हराइरहेका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थानमा जुटेको छ । 

महानगरको वडा नम्बर ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थानको काम थालेको जनाएको छ । 

वडाको नवाली टोल ताम्रेश्वर मन्दिर नजिक सडक निर्माणका क्रममा हराएको इनार उत्खनन र पुनरुत्थान भइरहेको छ भने यः पुखुको पुनरुत्थान भइरहेको वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जानकारी दिए । 

‘सामाजिक परम्परा, पुराना तस्विर, पाका मानिसहरुको स्मृति, लिखित प्रमाणजस्ता विभिन्न स्रोतका आधारमा पुनरुत्थान थालेका हौँ,’ उनले भने । 

अभियानको पहिलो चरणमा पशुपति क्षेत्रको बाहिरी भागमा भएका यस्ता संरचनाको खोजी भइरहेको छ । यसपछि क्रमशः पशुपतिको भित्री भागबाट हराएका संस्कृति र संरचना खोज्दै योजना रहेको उनको भनाइ छ ।

वडाले नवाली टोलमा सार्वजनिक जग्गामा बनेको घर भत्काइसकेको छ । घरमा बस्ने एक जना वृद्धाको मृत्यु भएपछि त्यसको हकदावी गर्न कोही नआएपछि महानगर प्रहरी बल परिचालन गरेर घर भत्काइएको वडाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update