Odapalika - The Fourth Estate - चौथो अंग
सामाखुसी खोलालाई पुरानै स्वरुपमा फर्काउन जुट्यो काठमाडौँ महानगर 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोला सफा गर्न थालेको छ । असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो। 

खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फलामको बार लगाइने महानगरले जनाएको छ । 

सोही खोलाबाट गत ७ साउनमा  १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका थिए । खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएका उनको शव ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ स्थित नदी किनारमा भेटिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update