Odapalika - The Fourth Estate - चौथो अंग
कोशी र बागमतीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही भागमा पानी पर्ने सम्भावना छ । 

विभागका अनुसार आज कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारण बदली हुनेछ भने यी प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

विभागका अनुसार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । 

आजै राति कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update