आजको पञ्चाङ्ग
तिथि: द्धितीया । नक्षत्र: चित्रा । करण: वव । चन्द्रराशि: तुला । सूर्योदय: ६: ०२ । सूर्यास्त: १८: १८ । दिनमान: ३०: ४१ घडी । राहुकाल: दिनको १२ देखि १: ३० बजेसम्म ।
तपाईंको आज
मेष (चु चे चो ला लि लु ले लो अ)
पारिवारिक जमघट हुनेछ । कठिन काम पनि पूरा हुनेछ । यात्रा आरामदायी हुनेछ । परिवारमा भने सामान्य मतभेद हुनेछ ।
वृष (इ उ ए ओ बा बि बु बे बो)
आज तपाईंको शत्रुले दुःख दिनेछन् । धन खर्च हुनेछ । लिनदिनमा सतर्कता अपनाउनुहोला । यात्रा केही कष्टकर होला ।
मिथुन (का कि कु घ ङ छ के को ह)
सन्ततिको खुसीले आनन्दित बनाउने छ । धनप्राप्तिको योग रहेकोछ । आयआर्जन राम्रो होला । शारीरिक थकान भने हुनेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
तपाईंंको आज किनमेलमा समय जानेछ । आमाबुबाको सुझाव उपयोगी सिद्ध हुनेछ । मित्रसँगको भेटघाटले मनोरञ्जनका साथ दिन बित्नेछ ।
सिंह (मा मि मु मे मो टा टि टु)
बन्धुवर्गले तनाव देलान् । आज खर्चिलो दिन होला । बसेको स्थान छोड्नु पर्नेछ । पराक्रम भने बढ्नेछ ।
कन्या (टो प पि पु ष ण ठ पो)
आज तपाईंको खुसी र रमाइलोसँग दिन बित्नेछ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्राले दिन अविस्मरणीय हुनेछ ।
तुला (र रि रु रे रो ता ति तु ते)
आजको दिन शरीरमा स्पूmति,काममा जाँगर आउँनेछ । सुखद् अनि परिवारिक यात्रा हुनेछ । धनागमनको योग रहेको छ ।
वृश्चिक (तो ना नि नु ने नो या यि यु)
आजको संघर्षमय रहनेछ । शत्रुहरु जुर्मुराउनेछन् । सोचेभन्दा बढी खर्च हुने देखिन्छ ।
धनु (ये यो भा भि भु ध फा ढा भे)
आजको दिन तपाईँलाई लाभ हुनेछ । कसैसँग उठ्न बाँकी रकम उठ्नसक्छ । सबैलाई तर्कले परास्तगर्न सकिनेछ ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)
आज रमाइलो यात्रा तय होला । आत्मविश्वासका साथ काम गरिनेछ । नयाँ जोश र जाँगर रहनेछ ।
कुम्भ ( गु गे गो सा सि सु से सो दा)
आज भाग्योदयको दिन रहनेछ । गरेको कामबाट अपेक्षित सफलता पाइनेछ । धर्मतिर मन जानेछ । मान सम्मान पाइएला ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
शारीरिक दुःख हुनेछ । चोटपटकको समभावना पनि देखिन्छ । आयभन्दा व्यय नै बढी रहेको छ । तपाईँको मनमा अनावश्यक कुरा खेल्नेछन् ।