Odapalika - The Fourth Estate - चौथो अंग
३ जना साक्षी बसेपछि भैँसीकाे सुत्केरी भत्ता पक्का 

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिने नीति कार्यान्वयन थालेको छ । पालिकाले चालु आर्थिक वर्षमा घरमै व्याएको भैँसीलाई भत्ता दिनेगरी नीति र बजेट पारित गरेको थियो । 

यही नीति अनुसार मालिकाको वडा नम्बर ८ ले सार्वजनिक सूचना नै जारी गरेर सुत्केरी भैँसीलाई भत्ता दिने भन्दै दाबी गर्न आउन सूचना जारी गरेको छ । 

पालिकाकाअनुसार भैँसीपालनलाई प्रोत्साहन गर्न यो वर्षदेखि भत्ता दिने नीति तय गरिएको हो । यो कायक्र्रमले कृषकहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने पालिकाको भनाइ छ ।

वडाअध्यक्ष सुर्यबहादुर घर्तीका अनुसार साउन यता व्याएका भैँसीपालक कृषक भत्ता पाउन योग्य हुन्छन् भने साउनयता नै भैँसी व्याएको प्रमाणित गर्न तीनजना छिमेकीले हस्ताक्षर गर्नुपर्छ । भत्ता भने पालिकाले बनाएको कार्यविधि अनुसार दिइने उनको भनाइ छ ।
malika1711503667.jpg

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update