Odapalika - The Fourth Estate - चौथो अंग
श्रीको लोभलाग्दो उडानः हेलिकोप्टरबाट सुरु भएको यात्रा सर्वाधिक जहाजसम्म

काठमाडौँ । निजी क्षेत्रको लगानीमा सञ्चालित श्री एयरलाइन्सले दुई थान जहाज थप गरेको छ । हाल पड हाभिलैण्ड अफ क्यानाडामा निर्मित ८० सिट क्षमताका दुई थान जहाज मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उक्त जहाज आएसँगै श्री सँग १८ वटा जहाज रहेको छ । फिक्स्ड विङ (जहाज) १० र  ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको हो । 

नेपाल नागरिक उडड्यन प्राधिकरणबाट प्रक्रियाहरु पुरा गरी थपिएका नयाँ जहाजबाट जतिसक्दो छिटो आन्तरिक उडानमा प्रयोग गर्ने तयारी भएको कम्पनीका प्रवक्ता तथा प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । 

उनका अनुसार थपिएका विमानबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरालगायतका आन्तरिक गन्तव्यमा उडान सेवा विस्तार गर्ने श्रीले जनाएको छ । जहाज थपिएसँगै तुम्लिङटार तथा भरतपुर विमानस्थलमा समेत नियमित उडान सञ्चालन गर्ने कम्पनलीले जनाएको छ ।

कम्पनीले सन् २०१९ मा २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताको क्यानडानिर्मित बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज ल्याएको थियो । त्यसअघि यसले ५० र ७० सिटका सीआरजे विमान आन्तरिक उडानमा ल्याएको थियो । 

२५ घण्टाको उडान गरेर ल्याईयो काठमाडौँ

कम्पनीले मंगलबार ल्याएको दुई थान जहाज अमेरिकाबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । 

अमेरिकाबाट नेपाल आइपुग्दा यी विमान तीनवटा रात्रिबिसानमा २५ घण्टामा करिब १० हजार माइल (१६ हजार किलोमिटर) को हवाई दूरी पार गर्दै मंगलबार अपराह्न काठमाडौंमा अवतरण गरेको हो । अमेरिकाको अरेगन राज्यको पोर्टलैण्ठबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसलैण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिष्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै कम्पनीका पाइलटहरुले सो जहाज नेपाल ल्याएका हुन् ।  

श्रीले यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहर भन्दा दोब्बर शक्तिशाली ५४०० सफ्ट हर्षपावर भएको तथा क्यानडाको प्राट एन्ड ह्विएनी कम्पनीबाट निर्मित इन्जिन रहेको जनाएको छ । 

shree airlines1711519180.jpeg

२५ वर्षअघि हेलिकप्टरबाट सुरु भएको उडान यात्रा

विस २०५५ सालमा उद्योगपति स्व बनवारी लाल मित्तलले हेलिकप्टरबाट उडान यात्राको थालनी गरेका थिए । ६३ वर्षय मित्तलले अति दुर्गम तथा विकट, हिमाली क्षेत्रहरुमा खाद्यान्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मीक उद्धार तथा पर्यटकीय सामानहरु ढुवानी, निर्माण सामग्री, जल विद्युत र सडक आयोजनाका निर्माण गर्न विशेष प्रकारका मेसिनरी ढुवानी गर्न एयर अनन्या स्थापना भएको थियो । पछि त्यसको नामम परिवर्तन गरी श्री एयरलाइन्स राखिएको थियो । 

हेलिकप्टरबाट उडान सुरु गरेको श्रीले २५ वर्षको अवधिमा सर्बाधिक जहाज भएको वायुसेवा कम्पनी बन्न सफल भएको छ । 

श्रीपछि हाल सञ्चालित वायुसेवा कम्पनीमध्ये सर्वाधिक जहाज हुनेमा बुद्ध एयर रहेको छ । बुद्धले हाल १७ वटा एटीआर जहाजबाट भारतको बनारससँगै आन्तरिक उडान गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update