Odapalika - The Fourth Estate - चौथो अंग
किसानलाई उन्नत धानको बिउ अनुदानमा वितरण गर्दै पालुङटार नगरपालिका

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाले किसानलाई अन्नत धानको बिउ वितरण गर्ने भएको छ । पालिकाले बुधबार १५ दिनको समय राखेर जारी गरेको सूचनामा ५० प्रतिशतमा अनुदानको बिउ वितरण कार्यक्रममा सहभागीता जनाउन आग्रह गरेको हो । 

कृषि विकाश शाखाको चालू आर्थिक वर्ष २०८०÷०१ को बार्षिक सशर्त कार्यक्रम खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम अनुसार उन्नत धानकोे बीउ वितरण गर्न लागिएको सूचनामा उल्लेख छ । 

जसका लागि किसानले जात सहितको परिमाण खुलेको निवेदन, वडा कार्यालयको सिफारिस, समुह, सहकारीको हकमा दर्ता कागजात, जात खुलाईएको धान बिउ मागको विवरण खुलाएको बैठकको निर्णयको प्रतिलिपि र नागरिकताको प्रतिलिपी आवश्यक पर्नेछ । 

पालिकाले सावित्री, राम धान, सुख्खा २, सुख्खा ३, मकवानपुर १ आदिका धानको बिउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।  
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update