Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले दिए राजीनामा

काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका उनले बुधबारदेखि लागूहुने गरी पदबाट राजीनामा दिएका हुन् । 

पार्टी अध्यक्षको आलोचना गरेको भन्दै केही दिनअघि उनलाई पार्टीले स्पष्टीकरण सोधेको थिए । 

खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए । उनको आलोचनापछि पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । 

खरेलले राजीनामा पत्रमा पछिल्लो समयको परिवर्तन पार्टीको सिद्धान्त र लक्ष्यसँग तादात्यता नमिलेको भन्दै स्पष्टीकरण दिनुभन्दा पार्टी नै छाड्ने निर्णयमा पुगेको जनाएका छन् ।

उनले राजीनामा दिनुको कारणको विस्तृत विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update