Odapalika - The Fourth Estate - चौथो अंग
पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै मनाङ ङिस्याङ गाउँपालिका

काठमाडौँ । मनाङ ङिस्याङ गाउँपालिकाले घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार चैत १६ गतेदेखि १९ गतेसम्म विभिन्न वडा कार्यालयमा उक्त शिविर सञ्चालन गर्न लागेको हो । 

पालिकाले सार्वजनिक गरेको सूचना अनुसार चैत १६ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म ङावल घ्यारुको वडा कार्यालय, १७ गते बिहान ११ बजे पिसाङको वडा कार्यालय, १८ गते बिहान ११ बजे पशु सेवा केन्द्र वडा नम्बर ८, भ्राका वडा कार्यालयमा र चैत १९ गते खाङसार वडा कार्यालयमा शिविर सञ्चालन हुनेछ । 

notice1711536468.jpg

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update