Odapalika - The Fourth Estate - चौथो अंग
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला

काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिकाले कोदो र स्थानीय काक्रोलाई संरक्षण तथा प्रवद्र्धन गर्ने भएको छ । 

पालिकाले वडा नम्बर ३, ४ र ५ का विभिन्न स्थानमा रैथाने वाली संरक्षण तथा प्रवद्र्धन कार्यक्रम अन्तरगत उक्त वालीको संरक्षण गर्न  लागेको हो । पालिकाले बुधबार एक सूचना जारी गर्दै उक्त वालीको संरक्षण गर्न ७ दिनको समय राखेर आवेदन माग गरेको छ ।  

पालिकाले वडा नम्बर ३ को भाटखोला तथा ४ को गलेममा कोदो र ४ को टोट्के तथा ५ को बाँगेमा स्थानीय काक्रो संरक्षण गर्न लागेको छ । ५० प्रतिशत अनुदानमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको भन्दै इच्छुक व्यक्ति तथा फर्मले आवेदन दिन सक्नेछन् । 

इच्छुक व्यत्तिले सम्पर्क नम्बर सहितको निवेदन, कृषक समूह, सहकारीको दर्ता प्रमाणपपत्र, नवीकरण तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, कार्यक्रम सञ्चालन गर्ने कृषकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा प्रतिवद्धता पत्र पेश गर्नुपर्ने पालिकाले जनाएको छ । 

434146542_1405330506774611_8115972400777573529_n1711537911.jpg

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update