Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमिको स्थापना दिवसमा स्वयंसेवीदेखि विद्यालयसम्म सम्मानित 

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले २८औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । स्थानिा दिवसको अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेको छ । 

स्थापना दिवसकै अवसर पारेर नगरपालिकाले प्रकाशन गरेको हाम्रो मध्यपुर थिमि बुलेटिनको विमोचन गर्नुका साथै ई सिफारिसको शुभारम्भ गरिएको छ ।

कार्यक्रममा नगरपालिकाले उत्कृष्ट करदाताको रुपमा वडा नं ३ का किरण बहादुर थापा, उत्कृष्ट उपभोक्ता समितिमा धपाहिटी परिसर सुधार उपभोक्ता समितिलाई सम्मान गरेको छ ।

उत्कृष्ट सामुदायिक विद्यालयतर्फ आदर्श मावि पुरस्कृत भएको छ भने उत्कृष्ट संस्थागत विद्यालयमा जनप्रेमी वल्र्ड स्कुल कौशलटार र उत्कृष्ट कर्मचारीको रुपमा नगरपालिकाका राजश्व शाखाका प्रमुख रविन श्रेष्ठ पुरस्कृत भएका छन् । 

नगरपालिकाले लामो समयदेखि महिला स्वास्थ्य स्वयंमसेविकाका रुपमा कार्यरत सवै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही १ लाख रुपैयाँ पुरस्कारका साथ सम्मान गरेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update