Odapalika - The Fourth Estate - चौथो अंग
दुर्घटनामा एउटै वडाका ५ जनाको मृत्यु, पालिकाले दियो शोक बिदा 

काठमाडौँ । अछामको मेल्लेख गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । गत सोमबार षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा वडा नम्बर १ का ५ जनाको मृत्यु भएको थियो । 

दुर्घटनामा परी एकै वडाको ५ जनाको मृत्यु र ३ जना घाइते भएपछि बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो । पालिकाभित्रका सबै सरकारी कार्यालयमा शुक्रबार शाेक बिदा दिइएकाे  निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले जानकारी दिए ।

दुर्घटनामा परी मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update