Odapalika - The Fourth Estate - चौथो अंग
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्ष सहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ । आयोगले बिहीबार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा, मिनप्रसाद अर्याल, अच्यूतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको छ ।

यस्तै, विनोद चन्द्र श्रेष्ठ, रेवती राम पन्थ, संदिप अधिकारी, सुर्य प्रसाद लामिछाने, विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, निराजन कोइरालालाई समेत प्रतिवादी बनाईएके छ । 

विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update