Odapalika - The Fourth Estate - चौथो अंग
वासिङ मेसिनमा ७५ प्रतिशत अनुदान दिदैँ मनाङ ङिस्याङ गाउँपालिका

काठमाडौँ । मनाङको ङिस्याङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा वासिङ मेसिन वितरण गर्ने भएको छ । पालिकाले बिहीबार ७ दिनको समय राखेर एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित होटल व्यवसायीहरुलाई निवेदन दिन आह्वान गरेको हो । 

सूचना अनुसार वासिङ मेसिन खरिदमा पालिकाले ७५ प्रतिशत र सम्बन्धीत व्यवसायीले २५ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । 

सूचना अनुसार उक्त अनुदान लिनका लागि निवेदन, होटल व्यवसायीको नागरिकताको प्रतिलिपी, व्यवसाय दर्ता प्रतिलिपी, कर चुक्ता र स्थायी लेखा नम्बरको प्रतिलिपी पेश गर्नुपर्ने हुन्छ । 

notice1711624647.jpg

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update