Odapalika - The Fourth Estate - चौथो अंग
मधेश र लुम्बिनीबाहेक सबैतिर पानी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज बाग्मतीसहितका देशका ५ वटा प्रदेशमा वर्षको सम्भावना औंल्याएको छ । 

कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

यी प्रदेशका केही स्थानमा आज छिटपुटदेखि सामान्यसम्म वर्ष हुने छ भने कतैकतै मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । 

आज बिहान बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा जारी छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली हुने विभागको भनाइ छ । 

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हिजोसम्म पश्चिमी न्यूनचापीय प्रणालीको असर रहे पनि आज भने नेपालमा स्थानीय वायुको मात्रै प्रभाव रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update