Odapalika - The Fourth Estate - चौथो अंग
सडक बत्तीको बिल तिर्न स्थानीय तहलाई प्राधिकरणको पुनः ताकेता 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले  स्थानीय तहहरुले सडक बत्ती बालेको पैसा नतिरेको भन्दै भुक्तानी गर्न पुन ताकेता गरेको छ ।

प्राधिरकणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै  तत्काल तिर्न ताकेता गरेको छ । 

सडक वत्तीको महसुलका विषयमा लामो समयदेखि स्थानीय सरकार र प्राधिकरणबीच बिवाद हुँदै आएको छ । 

प्राधिकरणले स्वीकृति नलिई सडक बत्ती जडान गरेको दावी गर्दै यो कार्य प्राधिकरण ऐनको विपरित रहेको समेत भनेको छ । 

'देशभरका विभिन्न स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरे बापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्नरबुझाउन बाँकी रहेको छ,' प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, 'पत्राचारमार्फत जानकारी गराइँदै आएको व्यहोरा अवगत नै छ । बक्यौता महसुल नतिर्ने र बिना मिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गराउन आग्रह गरिन्छ ।' 

bidhut1711675311.jpg

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update