Odapalika - The Fourth Estate - चौथो अंग
गैँडाकोट नगरपालिकाबाट सुरु भयो एकीकृत नागरिकता सूचना प्रणाली 

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन थालेको छ । 

३० फागुनमा गृह मन्त्रालयले स्थानीय तहबाटै केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सुरु गर्ने निर्णय गरेको थियो । 

यमे निर्णयपछि गैँडाकोटमा पहिलोपटक कार्यान्वयन थालिएको हो । 

बिहीबार नै जिल्ला प्रशासन कायालय पर्साले पनि यो प्रणालीमार्फत वडामै नागरिकताको अनलाई विवरण राख्ने निर्णइ गर्दै कायाृन्वयनमा लैजाने निर्णय गरिसकेको छ । 

गैँडाकोटमा अनलाइन प्रणालीबाट नागरिकता सिफारिस गर्ने कार्यको शुभारम्भ  गर्दै  प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गैँडाकोटबाट नवीन कार्यको शुभारम्भ भको बताए ।अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणाली लागू गर्ने क्रममा नगरपालिकामा रहेका १८ वटै वडाका वडा सचिवलाई तालिम प्रदान गरिएको छ भने यस प्रणालीमा चैत १८ गतेबाट मध्यविन्दु नगरपालिका र त्यसपछि कावासोती र देवचुली नगरपालिकालाई समेत जोड्ने गरी तयारी छ ।

अनलाइन प्रणालीबाट फारम भरेपछि सेवाग्राहीले बीचमा फाइलमा केरमेट र थपघट गर्न नपाउँदा दोहोरो नगारिकता बनाउन तथा झुक्याएर नागरिकता बनाउने कामको अन्त्य हुन्छ ।

कार्यक्रममा गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले अनलाइनबाट नागरिकता सिफारिस गर्दा हुने केही अप्ठ्यारा पक्षलाई जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्दै लैजानुपर्ने बताए ।

उनलेअनलाइनमा नागरिकता सिफारिस गर्दा विवरण फरक भएर सच्याउनुपर्ने अवस्था आएमा पनि सहजरुपमा सच्याउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

नगर उपप्रमुख शान्ति कोइरालाले अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणालीको सुरुवात भएसँगै दोहोरो नागरिकताका कारण हुने समस्या अन्त्य हुने बताइन् ।

अनलाइनबाट नागरिकता सिफारिस गर्दा अनलाइनबाट अनुसूचिअनुसार सम्पूर्ण विवरण भरेर सेवाग्राहीको जन्मदर्ता, बाबुआमाको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, बसाइँसराइ प्रमाणपत्र, पतिपत्नीको नागरिकतालगायतका प्रमाणपत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालयमा पठाइने नगरपालिकाका सूचना प्रविधि अधिकृत विनोद न्यौपाने बताउँछन् । 

केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र, राहदानीलगायतमा जोड्दै लैजाने सरकारको योजना छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update