Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुन नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने, यस्ता छन् अन्य निर्णय 

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाले नगरपालिकामा जडान भएका सडक बत्तीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिर्ने निर्णय गरेको छ । 

प्राधिकरणले सडक बत्तीको बक्यौता तिर्न देशभरका स्थानीय तहलाई ताकेता गरेकै दिन नगर कार्यपालिकाको बैठकले सडक बत्तीको महसुल बुझाउने निर्णय गरेको हो । 

नगरपालिकाको वडा नम्बर ६ का विभिन्न स्थानमा जडान भएको सडक बत्तीको फागुनसम्मको बिल तिर्ने नगर कार्यपालिकाको निर्णयमा उल्लेख छ । 

नगरका अनुसार फागुनसम्मको सडक बत्तीको महसुल ११ लाख ९९ हजार २११ रुपैयाँ पुगेको छ । 

प्राधिकरणले बारम्वार पत्र लेखेको भन्दै बैठकले सडक बत्तीको पैसा तिर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता महेश रिमालले जानकारी दिए । 

नगरपाकिलाले नगरभित्रका विद्यालयलाई भर्नाका नाममा कुनै पनि शुल्क नउठाउन निर्देशन दिदै अनुगमन गरी भर्ना शुल्क लिएको पाइए कारवाही गर्ने निर्णयसमेत गरेको छ । 

यस्ता छन् नगरपालिकाका निर्णय 

nagarjung1711710210.jpg

nagarjung 11711710209.jpg

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update