Odapalika - The Fourth Estate - चौथो अंग
नगरपालिकाले बाँधिदियो चौदण्डीगढीका कृषकको गोठमा होलिस्टाइन गाई 

काठमाडौँ । चौदण्डीगढी नगरपालिकाले नगरपालिकाको वडा नम्बर १० हँडियाका २४ जना किसान परिवारलाई होलिस्टाइन जातका २४ वटा गाई वितरण गरेको छ ।

किसानलाई पशुपालनमा प्रोत्साहन गराउन र आत्मनिर्भर बनाउन उन्नत जातका गाई खरिद गरी वितरण गरिएको सो नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको ग्रामीण उद्यम विप्रेषण आयोजना, समृद्धिका लागि आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत उन्नत जातका गाई वितरण गरिएको नगरप्रमुख कालुमान लामाले जानकारी दिए ।

१७ लाख ८० हजारमा गाई खरिद गरी वितरण गरिएको नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलाल बताउँछिन् ।

चौतारी सवल कृषक समूहका अध्यक्ष विष्णु निरौलाले यी गाईले एकपटकमा १० लिटरसम्म दूध दिने बताए । गाई पाएका कृषकहरुले आर्थिक रुपमा सवल बनाउनका लागि उन्नत जातका गाई उपयोगी हुने भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update