Odapalika - The Fourth Estate - चौथो अंग
नवदुर्गा गाउँपालिका उपाध्यक्षविरुद्ध बन मुद्दा 

काठमाडौँ । जथाभावी रुख कटान गरेको अभियोगमा डडेलधुराको नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीविरुद्ध मुद्दा परेको छ । 

वडा नम्बर ४ गिल्ला गाउँमा भुकम्पले भत्किएका घर मर्मतका लागि जथाभावी रुख कटान गरेको अभियोगमा उनीविरुद्ध बन कार्यालयमा मुद्दा दर्ता भएको हो । 

सेती नदी किनारमा रहेका ३५ भन्दा वढी घरधुरीका लागि घर निर्माणका लागि कटान गरिएका काठमा अनियमितता भएको भन्दै उनका श्रीमान् देवरलगायतविरुद्ध पनि मुद्दा दर्ता भएको हो । 
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update