Odapalika - The Fourth Estate - चौथो अंग
महालेखा परीक्षकमा तोयम राया 

काठमाडौँ । सरकारले महालेखा परीक्षकमा तोयम रायलाई सिफारिस गरेको छ । आईतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

राया पूर्वअर्थसचिव हुन् । उनी हाल राष्ट्रिय तथ्यांक कार्यालयमा सचिवका रुपमा कार्यरत छन् । महालेखा परीक्षकका लागि १५ जनाले आवेदन दिएकामा सबैलाई पछि पार्दै उनले महालेखा परीक्षकका रुपमा जिम्मेवारी पाएका हुन् । 

उनीसँगै पूर्वसचिव गोपिनाथ मैनाली, शिशिर ढुंगाना, रामपसाद थपलिया, हरि बस्याल, बैकुण्ठ अधिकारी, आशोक कार्की र सुवोध कर्णले समेत उम्मेद्वारी दिएका थिए । 

यस्तै, हरि सिलवाल, रामशरण पुडासैनी, शंकर खरेल, रामनाथ कुँवर, बामदेव शर्मा अधिकारी, महेश्वर काफ्ले चन्द्रकान्त भण्डारीले समेत उम्मेद्वारी दिएका थिए । 

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update