Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारीको निधनमा आइतबार र सोमबार पोखरा महानगरमा शोक विदा

काठमाडौँ । पोखरा महानगरपालिमा आइतबार र सोमबार शोक विदा दिइएको छ । महानगरको वडा नम्बर १९ का कर्मचारी विमल गिरीको निधनमा आज आइतबार पोखरा महानगर पालिका, वडा कार्यालहरु र अन्तर्गतका महाशाखा, शाखाहरु आधा दिन बिदा हुने भएको छ । 

आइतबार आधा दिन बन्द रहेका सेवा सोमबार पुरै दिन बन्द हुने महानगरले जनाएको छ । महानगरपालिकाले आइतबार एक सूचना जारी गरी वडा नम्बर १९ को कार्यालय दिनभर बन्द रहने जनाएको हो । 

‘यस पोखरा महानगरपालिका वडा नम्बर १९ मा कार्यरत कर्मचारी विमल गिरीको ५७ वर्षको उमेरमा मिति २०८० चैत १८ गते बिहान ९ः३० बजे भएको असामयिक निधनका कारण उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न २०८० चैत १८ गते दिनको १ बजे श्रद्धाञ्जली सभा गरी महानगरपालिका र अन्तर्गतका सम्पूर्ण महाशाखा/वडा र शाखा कार्यालयहरु आधा दिन र वडा नम्बर १९ को कार्यालय पूरै दिन बन्द गरिने व्यहोरा नगर प्रमुखज्यूस्तरीय निर्णयानुसार यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update