Odapalika - The Fourth Estate - चौथो अंग
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १७ प्रतिस्पर्धी, यी हुन नाम 

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिएका मध्ये १७ जनाको आवेदन स्वीकत भएको छ । 

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आईतबार एक सूचना जारी गर्दै १७ जनाको आवेदन स्वीकृत भएको जनाएको हो । 

जस अनुसार शुभ नारायण पाठक, अनिल कुमार पोखरेल, जीवन कुमार ढकाल, अशोक कुमार झा, गुरु प्रसाद खनाल, प्रमोेद कुमार झा, बिजु कुमार थपलिया, बिनोद पराजुली, देवी प्रसाद भट्टराई, राजनारायण यादवले दिएको आवेदन स्वीकृत भएको हो । 

यस्तैगरी, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेश कुमार पोखरेल, रेशम बहादुर थापा, रमेश प्रसाद भट्टराई र महेश राज दाहालले दरखास्त स्वीकृत भएको छ । 

सूचना अनुसार उक्त आवेदकहरुको दरखास्त स्वीकृत भएको भन्दै उनीहरुको चैत २७ गतेदेखि २९ गतेसम्म प्रस्तुतीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update