Odapalika - The Fourth Estate - चौथो अंग
राप्तीलाई चाहियो ब्यूटिशियन प्रशिक्षक, कसरी दिने आवेदन ?

काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले आधारभूत ब्यूटिशियन तालिम प्रशिक्षकको माग गरेको छ । पालिकाले आइतबार ७ दिनको समय राख्दै सूचना सार्वजनिक गर्दै उक्त प्रशिक्षकको माग गरेको हो । 

इच्छुुक आवेदकले सूचना अनुसार सीटिइभिटीको तह २ को प्रमाणपत्र वा स्पेशल कोर्ष पूरा गरेको प्रमाणपत्र, तालिम दिएको प्रमाणपत्र, व्यवसायको हकमा व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र सहित तोकिएको मितिभित्र आवदेन दिन सक्नेछन् । 

पालिकाले महिला लक्षित कार्यक्रम अन्तरगत आधारभूत ब्यूटिपार्लर सम्बन्धी ३ महिने  सिप विकास तालिम सञ्चालन गर्दैछ । उक्त तालिम सञ्चालनका लागि योग्य ब्यूटिशियनका लागि पालिकाले सूचना प्रकाशन गरेको हो । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update