Odapalika - The Fourth Estate - चौथो अंग
मंगलसेन नगरपालिकामा घुम्ती शिविर, सबैखाले सेवा अब गाउँमै 

काठमाडौँ । अछामको मंगलसेन नगरपालिकाले सबै वडामा पुगेर घुम्ती सेवा दिएको छ । नगरपालिकाले प्रवाह गर्ने सबै प्रकारका सेवा घुम्ती सेवामार्फत वडा कार्यालयहरुमा पुगेर दिइएको हो ।

नगर क्षेत्रका नागरिकलाई नगरपालिकामै आएर सेवा लिन अप्ठेरो पर्ने देखिएपछि घुम्ती सेवा संचानमा ल्याइएको नगरपालिकाका मेयर पदमबहादुर बोहोराले जानकारी दिए ।

mangalsen2 (1)1691407689.jpg

‘कतिपय वडाका करदाताले २ सय रुपैयाँ कर तिर्न ७ हजार रुपैयाँ खर्च गरेर नगरपालिका आउनु पर्ने वाध्यता छ । यो वाध्यता हटाउनको लागि नगरपालिकाले नै वडावडामा घुम्ती सेवा संचालन गरेर नागरिकलाई सुविधा दिएको हो,’ मेयर बोहोराले वडापालिकासँग भने ।

mangalsen2 (2)1691407690.jpg

नगरपालिकाले साउन ५ बाट एकीकृत घुम्ती शिविर नगरको वडा नम्बर १ र २ बाट सुरुवात गरेको थियोे  । हालसम्म ११ वटा वडाहरुमा घुम्ती शिविर सम्पन्न भएको र बाँकी रहेका ३ वटा वडामध्ये ३,४ र ५ मा पनि लगत्तै घुम्ती शिविर संचालन हुने प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए ।

mangalsen31691407692.jpg

घुम्ती शिविरमा वडा कार्यालयमा नगरपालिकाका सबै शाखाहरूबाट हुने काम कारबाही वडाबाट प्रवाह गरेको हो । एकीकृत घुम्ती शिविरमा नगरले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो ।

घुम्ती शिविरमा राजस्व संकलन, व्यवसाय दर्ता, सामाजिक सुरक्षामा दर्ता लगायतका सेवा प्रवाह गरिएको छ । 

ghumti shibir1691396034.jpg

के पाइन्छ सेवा ? 

शिविरमा नगरपालिकाका सबै शाखाबाट हुने सेवा नागरिकले पाएका छन् । शिबिरमा सामाजिक सुरक्षा लाभग्राहीको विवरण संकलन, कार्ड नविकरण, मालपोत संकलन, राजश्व संकलन लगायतका काम भएका छन् । 

शिविरले व्यापार व्यवसाय दर्ताको सुविधा वडावडामै दिएपछि  ११ वडामा गरेर १ हजार १०७ सात जनाले यो सेवा लिएका छन् । जबाट नगरपालिकाले २ लाख ३७ हजार ७८४ रुपैयाँ राजस्व संकलन गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update