Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारीमाथि हातपात प्रकरणः शिक्षामन्त्रीलाई कारबाहीको माग गर्दै पेनडाउन

काठमाडौँ । मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले कर्मचारीमाथि हातपात गरेकाे भन्दै कर्मचारीहरु आन्दोलित बनेका छन् ।

जनमत पार्टीका नेता समेत रहेका पूर्वमन्त्री यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रमुख प्रवीणप्रताप अधिकारीमाथि हातपात गरेका थिए । 

पूर्वमन्त्री जस्तो व्यक्तिले कर्मचारीमाथि हातपात गरेको भन्दै कार्यालयका कर्मचारीहरु आन्दोलित बनेका छन् । उनीहरुले मन्त्रीलाई कारवाहीको माग गर्दै सोमबार बिहानैदेखि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै कार्यालयका कामकाज ठप्प पारेका हुन् । 

कर्मचारीहरूले एक विज्ञप्ति जारी गर्दै उक्त घटनापश्चात् त्यहाँ काम गर्ने कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएकाले सुरक्षित वतावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update