Odapalika - The Fourth Estate - चौथो अंग
आफ्नै पार्टीको बैठकमा कुटिए टिकापुरका मेयर रामलाल डगौरा 

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको बैठकमा कुटाकुट भएको छ । सोमबार काठमाडौँको अनामनगरमा बसेको उक्त बैठकमा संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ समूहबीच विवाद हुँदा कुटाकुटको अवस्था बनेको हो । 

पार्टी बैठकमा फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई लिएर भएको विवाद चर्किएपछि उग्र रुप लिएको हो ।  

सोमबार काठमाडौंको अनामनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेको रञ्जिता पक्षबीचको विवाद हुँदा कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको हो । 

कुटपिट गरिएका दुवैजना रञ्जिता पक्षधर नेताहरू हुन् । मेयर डगौराले पार्टीमा छलफल चलीरहदा आफूमाथि आक्रमण भएको वडापालिकासँग बताए । उनले बैठकस्थलमै कुटपिटको अवस्था आएपछि आफूसहित ५ जना नेताहरू त्यहाँबाट बाहिरिएको समेत बताए । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update