Odapalika - The Fourth Estate - चौथो अंग
बैदेशिक रोजगार विभागका लेखापाल घुस सहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलालाई घुस सहित नियन्त्रणमा लिएको छ । 

सेवाग्राहीबाट घुस लिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुस बापत लिएको १५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । 

अनुसन्धानको सिलसिलामा बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस÷रिसवत माग गरी लिएको पुष्टि भएको अख्तियारले जारी गरेको सूचनामा उल्लेख छ । 

आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएकोले निज प्रमोद निरौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई सोमबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update