Odapalika - The Fourth Estate - चौथो अंग
संसदीय समितिमा भागवण्डा, साना दलले पाउँदा रास्वपा र राप्रपा निल 

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय समितिको भागबण्डा मिलाएका छन् । भागवण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अटाउन सकेनन् । 

सोमबार सिंहदरबारमा बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो । 

नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ वटा संसदीय समिति भागमा परेका छन् । 

दलहरुबीचको सहमतिअुनसार कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्ने भएको छ । 

एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको नेतृत्व गर्ने छ । 

माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समिति,  नेकपा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र जनमत पार्टीले उद्योग वाणिज्य र श्रम तथाउ पभोक्ताहित समितिको नेतृत्व गर्ने भएको छ ।

ससदीय समितिमा भएको भागवण्डालाई लिएर रास्वपा र राप्रपाले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । राप्रपाका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले राप्रपाले एउटा समिति पाउने पर्ने र पाउनेमा आफुहरु अझै आशावादी भएको बताए ।  संसदमा रास्वपाका २० र राप्रपाका १४ सांसद छन् । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update