Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुनले माग्यो मेडिकल अधिकृतदेखि मालीसम्म, यसरी दिनुस् आवेदन ?

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाले ठूलो संख्यामा करारका कर्मचारी माग गरेको छ । कार्यालयले मंगलबार एक सूचना जारी गर्दै मेडिकल अधिकृतदेखि मालीसम्मका कर्मचारीको माग गरेको हो । 

पालिकाले जारी गरेको सूचना अनुसार मान्यता प्राप्त शिक्षक संस्थाबाट एम बि वि एस उतिर्ण गरेको मेडिकल अधिकृत (जनरल हेल्थ सर्भिसेज) १ जना, ल्याब टेक्निसियन १ जना, फार्मेसी सहायक एक जना, रेडियोग्राफी सहायक १ जना, डेन्टल हाइजिनिस्ट, १ जना, सफाई कर्मचारी २ जना र माली १ जना माग गरेको हो । 

सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात सहित कार्यालयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । 

420234172_2137736483234487_2671132623768010240_n1712041056.jpg

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update