Odapalika - The Fourth Estate - चौथो अंग
संघीय मामिलाले माग्यो पालिका केन्द्र जोड्ने सडकको विवरण 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको केन्द्रसँग जोड्ने सडकको अवस्था उपलव्ध गराउन पत्राचार गरेको छ । 

मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समितिलाई पत्र लेख्दै ३ दिन भित्रमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको केन्द्रसम्मको सडक पहुँचको अवस्थाबारे जानकारी दिन भनेको छ । 

मन्त्रालयले जिल्ला समन्वय समितिलाई ३ दिनभित्र यस्तो विवरण मन्त्रालयमा पठाउन भनेको हो । 

जिल्ला समन्वय समितिले यस्तो विवरण पठाउँदा कच्ची, ग्राभेल र पक्की सडकको बेग्लाबेग्लै विवरण पठाउन भनिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत द्रोणराज निरौलाले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update