Odapalika - The Fourth Estate - चौथो अंग
साझा विकास योजना कार्यान्वयनमा जुटे स्थानीय सरकार 

कलाली । कैलालीका स्थानीय तहहरु अनतरपालिका समन्वय गर्दै पालिकावासीको सेवामा लाग्न थालेका छन्  । 

आवश्यकताका आधारमा छिमेकी  पालिकासँग समन्वय गरी सामाविक देखि विकाससम्मका क्षेत्रमा साझा योजना बनाएर अघि वढ्ने प्रयास थालेका हुन् । 

जोशीपुर गाउँपालिकाले भगिनी सम्बन्ध कायम गरी विकासका योजनामा अन्य पालिकासँग साझा रुपमा काम गर्ने निर्णय नै गरिसकेको छ । 

गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीका अनुसार ले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले सिमाना जोडिएका पालिकासँग समन्वय गर्दै संयुक्त योजनाको अवधारणा अगाडि बढाउने निर्णय गरेपछि काम अघि वढिसकेको बताए । 

‘स्थानीय तहहरुलाई पत्राचार गरिसकेका छौँ । सामूहिक विकासका योजनामा छलफल गरी अगाडि बढ्ने कुरा भएको छ । यसअनुसार टीकापुर नगरपालिकालाई स्वस्थ्य क्षेत्रमा समन्वय गर्न अनुरोध नै गरिसकेका छौं,’ उनले भने । 

टिकापुर नगरपालिकासँग भएको एम्बुलेन्सबाट जोशीपुर गाउँपालिकाका नागरिकले पनि सेवा लिन सक्नेगरी यसको समन्वय गर्न पत्राचार गरिएको उनको भनाइ छ । 

जोशीपुर गाउँपालिकाले एम्वुलेन्सको साझा प्रयोगका विषयमा पत्र पठाएको बताउँदै टिकापुरका मेयर भन्छन्, ‘ हामीले प्रयोग गर्ने एम्बुलेन्सबाट जोशीपुरका  नागरिकलाई छिटो स्वास्थ्य सेवा दिन सकिने भन्दै गाउँपालिकाले समन्वयका लागि पत्राचार गरेको छ । हामीपनि टकिापुर विमानस्थललाइृ साझा योजननाका रुपमा अघि वढाउन चाहन्छौं, मेयर रामलाल डगौरा थारुले भने । 

लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि छिमेकी पालिकासँग छलफलपछि  निष्कर्ष निकालिने उनको भनाई छ । 

टिकापुरले समेत अन्तरपालिकासँग समन्वय गर्न सक्ने योजनाका रुपमा विमानस्थल निर्माणलाइ अघि सारेको छ । विमानस्थल सञ्चालनका लागि स्थानीय तहका साथै प्रदेश र संघ सरकारलाई पनि साझा कार्यक्रमका रुपमा प्रस्तुत गरिने नगरप्रमुख  थारुले बताए  । 

अन्तरपालिकासँग यातायात सञ्चालन तथा पूर्वाधार निर्माण गर्ने, कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने, पर्यटन क्षेत्रको सामूहिक विकासलगयतका योजनामा संयुक्त लगानी गरेर अगाडि बढ्न सकिने उनको भनाई छ । 

उता, भजनी नगरपालिकाका प्रमुख केवल चौधरीका अनुसार घोडाघोडी नगरपालिकासँगको समन्वयमा दुई पालिका जोड्ने सडक निर्माण भइरहेको छ ।

उनी पनि कुनै पालिकाले साझा योजना अघि सारेमा आफ्नो पालिका सहकार्य गरेर विकास निर्माण र सामाजिक कार्य गर्न तत्पर रहेको बताउँछन् । 

साझा योजना बनाएर कार्यान्वयनमा जाँदा अन्तरपालिका सम्बन्ध पनि स्थापित हुने भन्दै कैलालीका पालिकाहरु विकासको यो नयाँ मोडलमा केन्द्रीत हुन थालेका हुन् । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update