Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ?

काठमाडौं । शहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा काठमाडौँ महानगर र संघीय सरकारबीच छलफल भएको हो ।

सिहदरबारमा मन्त्रालयमा भएको भेटमा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको छ ।

बञ्चरेडाडाका स्थानीयको सरोकार सम्बोधन हुने गरी फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्बोधन गर्नका लागि मन्त्री बुढाले मेयर बालेनलाई प्रस्ताव गरेका थिए । मेयर बालेनले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको जानकारी मन्त्री बुढालाई दिए ।

काठमाडौं उपत्यकाको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि पोड–वेको सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर बालेनले विकसित मुलुकहरुमा समेत पोड–वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न सुझाए । 

छलफलमा मेयर बालेनले काठमाडौं उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा फ्लाइओभर वा अण्डरपास बनाउन सके राजधानीवासीलाई ठूलो राहत हुने बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update