Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज दिनभरको मौसम अवस्था 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भू–भागका केही स्थानमा पानी पर्न सम्भावना रहेको औँल्याएको छ । 

विभागका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । 

बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने दिउँसो सुदूरपश्चिम, कर्णालीप्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ । 

कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने सम्भावना छ । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update