Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको दिन

आजको पञ्चाङ्ग 

तिथिः नवमी  । नक्षत्रः उ.षा. । करणः वव । चन्द्रराशिः मकर । सूर्योदयः ०५ः ५४ । सूर्यास्तः १८ः २२ । दिनमानः ३१ः १० घडी । राहुकालः दिनको १२ देखि १ः ३० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

तपाईंको आज अनुकूल समय हुनेछ । मान, सम्मान प्राप्त हुनेछ । सुखपूर्वक दिन बित्नेछ । कर्म प्राप्तिको योग रहेको छ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज वृष राशिको लागि भाग्योदयको समय छ । सुनौलो यात्रा हुनेछ । कामगर्दा सफलता पाइनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

आजको दिन त्यति फलदायक छैन । रमाइलोसँग भेटघाटमा दिन बितेपनि स्वास्थ्यमा समस्या हुनेछ । गरेका कामले सन्तुष्टि दिनेछैन । हानी हुन सक्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आज गरेका कार्यले आत्मिक सुख हुनेछ । यात्राको सुखद अनुभव पाइएला ।  सेवा गर्ने अवसर मिल्नेछ । परिवारसँगको सामिप्यताले आनन्दित बनाउनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु)

नयाँ कामको थालनी आज नगर्नुहोला । कामले पूर्णता  पाउनेछैनन् । भाग्यले पनि साथ नदेला । शत्रुदेखि सतर्क रहनु पर्नेछ । 

कन्या (टो प पि पु ष ण ठ पो)

आत्मविश्वासका साथ काम गर्दा राम्रो हुनेछ । वादविवादमा तार्किक कुराले जित्न सकिन्छ । स्वास्थ्यमा सुधार हुनेछ । सन्तान सुख पाइनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन धन हानी होला । रमाइलोमा खर्च गर्दा सतर्क हुनुपर्नेछ । मातृसुख पाइन्छ । मित्र भेटले मन खुसी रहनेछ ।     

वृश्चिक (तो नानि नु ने नो या यि यु)

आज तपाईंको दिन अनुकूल देखिन्छ । गरेको काममा भाइबन्धुको साथ पाइन्छ । बुद्धिमतापूर्वक सोचेर गरेको कामले सम्मान प्राप्त हुनेछ । 

धनु  (ये यो भा भि भु ध फा ढा भे)

राम्रो समय रहेकाले मान, सम्मान बढ्नेछ । धन प्राप्त हुने देखिन्छ । तपाईंको निर्णायक क्षमताको प्रशंसा हुनेछ ।

मकर (भो जाजि जु जे जो खा खि खु खे खो गा गि)

मान बड्ने योग देखिन्छ । पहिले गुमाएको वस्तुप्राप्त हुनेछ । भेटघाट र रमाइलोमा समय बित्नेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको यात्रा कष्टकर नै हुनेछ । साथीभाई प्रति सामान्य विवाद हुनेछ । सोचेभन्दा बढी खर्च हुने देखिन्छ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन फलदायक हुनेछ । गरेको कामबाट प्रशस्तै फाइदा हुनेछ । आर्थिकरुपमा पनि सबल देखिन्छ । सुखद र रमाइलो यात्रा हुनेछ ।  

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update