Odapalika - The Fourth Estate - चौथो अंग
७ दिनभित्रमा नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी 

काठमाडौँ । काठमाडौँँ महानगरपालिकाले नेपालीपन झल्कनेगरी विदालयको नाम नराख्ने विद्यालयमा भर्ना रोक्ने चेतावनी दिएको छ । 

महानगरले आज सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्रमा महानगरको शिक्षा विभागमा सम्पर्क गरी नेपालीपन झल्कने गरी नेपालमिा नामाकरण गर्ने प्रक्रिया अघि वढाउन भनेको हो । 

महानगरको शिक्षा नियमावली, २०५९ को नियम ५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था सम्झाउँदै यस्तो सूचना जारी गरेको हो । महानगरले यसअघि पनि सूचना जारी गर्दै नेपालीमा नामाकरण गर्न विद्यालयहरुलाई पत्राचार गरिसकेको छ । 

‘महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो (कानुनी) व्यवस्थाको प्रतिकुल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । यस अवधिमा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने सहित कानून बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइनेछ,’ महानगरको सूचनामा भनिएको छ । 

विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ । त्यसो नगरे शिक्षा नियमावली, २०५९ र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने महानगरको सूचनामा भनिएको छ । 

ktm1712111614.jpg

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update