Odapalika - The Fourth Estate - चौथो अंग
महंगो पैसा ! १ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा खर्च, अन्यको कति ? 

काठमाडौँ । सरकारले डिजिटल मुद्रा प्रयोग गर्न  कानुनी प्रवन्धसहित संसदमा बैंक तथा बित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयक दर्ता गरेको छ । विधेयकमा डिजिटल मुद्रालाई स्वीकार गर्न सकिने प्रबन्ध गरिएको छ । 

नेपालमा भौतिक मुद्रा (नोट र सिक्का)छपाई अध्यधिक महंगो हुँदै गएपछि सरकारले कानुनमा संशोधन गरी डिजिटल मुद्राको प्रयोग र प्रचलन बढाउन खोजेको छ । 

नेपाल राष्ट्रबैंकले हरेक ३ वर्षमा नोट र सिक्का छपाइको काम गर्दै आएको छ । राष्ट्रबैँकको तथ्यांकलाई हेर्ने हो भने नेपालमा नोटको तुलनामा सिक्का छपाई डब्वलभन्दा महंगो पर्ने गरेको देखिएको छ । 

कुन मुद्रा छाप्न कति खर्च ? 

नेपाल राष्ट्र बैँकले प्रत्येक ३ वर्षमा नयाँ नोट छाप्ने गर्छ । नोट छाप्दा वितेका २ वर्षमा प्रयोग भएका नोट र सिक्काको मात्रा, कुल ग्राहस्थ उत्पादन र राष्ट्रिय योजना आयोगको प्रक्षेपण र मुल्यवृद्धिको दर विश्लेषण्पछि मात्र छापिने नोट र सिक्काको संख्या एकीन गर्ने प्रचलन छ । 

नेपालमा पैसा छाप्नमात्र अर्वौं रुपैयाँ बिदेशिने र छपाई पछि नेपालमा पैसा ल्याउँदा समेत मोटो रकम खर्च हुँदै आएको छ । 

१ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा !

नेपाल राष्ट्र बैँकका अनुसार नेपालले पछिल्लो पटक सन् २०२२ मा नेट र सिक्काको छपाई गरेको छ । 

नेपालमा १, २ र ५ रुपैयाँका सिक्का छापिन्छन् भने ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट छापिन्छन् । यसरी छापिने नोटमा सिक्का सबैभन्दा महंगो परेको देखिएको छ । 

राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०२२ मा १ रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा छपाई खर्च भएको छ । यो नोट पोल्याण्डमा छापिएको हो । 

नेपालले पोल्याण्ड, अमेरिका, चीन र फ्रान्समा लगेर मुद्रा छाप्दै आएको छ  । राष्ट्र बैंकका अनुसार  अमेरिकामा छापिएको २ रुपेयाँको सिक्का टकमरी (छाप्न) मात्र २ रुपैयाँ ७३ पैसा खर्च भएको छ । नेपालले ५, १०, २०, ५०० र १००० को नोट पछिल्लो पटक चीनमा छपाई गरेको हो । 

यसरी छपाइ गर्दा  ५ को नोट छाप्न, १ रुपैयाँ ६८ पैसा, १० को नोट छाप्न १ रुपैयाँ ४० पैसा, २० को १ रुपैयाँ ७३ पैसा, ५०० को ४ रुपैयाँ ६८ पैसा र १००० रुपैयाँको नोट छाप्न ३ रुपैयाँ ३७ पैसा खर्च भएको छ । यो प्रतिगोटाको हिसाब हो । 

राष्ट्रबैंकले सन् २०२२ मा ५० को नोट फ्रान्स र १०० को नोट अमेरिकामा छापेको हो । यसरी छाप्दा एउटा ५० को नोट छाप्न २ रुपेयाँ ६७ पैसा र  १०० को एउटा नोट छाप्न २ रुपैयाँ ९९ पैसा खर्च भएको छ । 

राष्ट्रबैंकका अनुसार सन् २०२२ मा मात्र ६१ अर्ब रुपैयाँ भन्दा वढीको नोटट र सिक्का छापेबापत खर्च लागेको छ । यसरी  १ रुपैयाको सिक्का टकमरी गर्न मात्र ७२ करोड रुपैयाँ भन्दा वढी खर्च भएको छ ।    

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update