Odapalika - The Fourth Estate - चौथो अंग
उपनिर्वाचनः निर्वाचन अधिकृत तय, २४ गते मनोनयन

काठमाडौँ । १५ बैशाखमा इलाम–२ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । 

अधिकृत तोकिएपछि बिहीबार(भोलि) इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । 

उपनिर्वाचन कार्यतालिकाअनुसार २४ चैतमा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचनमा सहभागी हुन २० वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् भने नेपाली कांग्रेसबाहेकले आफ्ना उम्मेदवार खडा गरी चुनावी प्रचार थालिसकेका छन् । 

इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र छन् । निर्वाचन आयोगकाअनुसार २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यतालिका छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update