Odapalika - The Fourth Estate - चौथो अंग
प्राधिकरणले बिजुली काटेपछि कुस्मा बजार अन्धकार, पालिकाले बुझायो ५० लाख 

काठमाडौँ । पर्वतको कुस्मा नगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई सडक बत्तीको मशसुल बुझाएको छ । महसुल नतिरेको भन्दै प्राधिकरणले बत्ती काटिदिएपछि नगरपालिकाले महसुल बुझाएको हो । 

नगरपालिकाले ५० लाख रुपेयाँ रकम बुझाएसँगै ४ चैतमा कुस्मा बजार क्षेत्रका सडकमा काटिएको बत्ती जोड्ने प्रक्रिया सुरु भएको प्राधिकरणले बताएको छ । 

नगरपालिकाले अझै २४ लाख रुपेयाँ भुक्तानी गर्न बाँकी छ । विद्युत प्राधिकरणका अनुसार सडकमा जडान गरिएका बिजुलीबापत पालिकाले ७४ लाख रुपेयाँ बढी भुक्तानी दिन बाँकी थियोे । यो ४ वर्षदेखिको बाँकी रकम हो । 

बत्तीको मिटरबक्स राखेर मात्रै सडक बत्तीको लाइन पुनः जोड्ने तयारी भइरहेको जनाएको छ । सडक बत्तीमा प्रयोग हुने मिटरबक्स प्राधिकरणले निःशुल्क दिने र तार नगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभावका कारण पूरै भुक्तानी गर्न नसकिएको बताए । बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने उनको भनाइ छ । सडक बत्तीको लाइन काटिएपछि कुश्माबजार र आसपासका वडा एकसाता यता अन्धकार छन् । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update