Odapalika - The Fourth Estate - चौथो अंग
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

काठमाडौँ । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले बुधवारको निर्णयअनुसार ९ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन, सरुवा र काजमा खटाइएको जनाएको छ ।

जसमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा रहेर काजमा गृहमन्त्रालयमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतमा सरुवा गरिएको छ भने इलाका प्रशासन कार्याल साँखुमा रहेकी उपसचिव सिता परियारलाई अध्यागमन कार्यालय विमानस्थलमा सरुवा गरिएको छ ।

त्यस्तै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत झंकनाथ ढकाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीमा रहेका रेवतीरमण शर्मालाई अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा वरिष्ठ अध्यागमन अधिकृत÷निर्देशकमा काज सरुवा गरिएको छ ।

यस्तै, गृह मन्त्रालयमा कार्यरत विजया कुमारी प्रसाईको ईलाका प्रशासन कार्यालय साँखु, गृह मन्त्रालयमा रहेका शिवराज सेढाईको राष्ट्रिय पञ्जिकण विभाग, जिल्ला प्रशासन कार्यालय जाजरकोटमा कार्यरत पुष्कर रानाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय, मोहनप्रसाद न्यौपानेको जिल्ला प्रशासन कार्यालय अछाम र हाल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कार्यालयमा कार्यरत कृष्ण प्रसाद गैरेको गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

saruwa list1712126791.png

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update